November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पछिल्लो २४ घण्टामा देशभर थपिए ५९ कोरोना संक्रमित

२०७७ फाल्गुन २५

2.4K

काठमाडौं – पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा २ हजार ७ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। ६० जनाले कोरोना संक्रमणलाई जितेका छन्।

योसँगै मृत्यु हुने कोरोना संक्रमित संख्या ३ हजार १२ पुगेको छ। हाल ५६ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ६० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको मन्त्रालयले जनाएको छ। 

Advertisement