काठमाडौं–ब्रजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले भ्रष्टाचारको अभियोगबाट सफाइ पाएका छन्। सर्वोच्च अदालतका एक न्यायाधीशले उनलाई सफाइ दिएका छन्। न्यायाधीश एड्सन फाकिनले उनलाई सफाइ दिएका हुन्।
सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो।
दोषी ठहर भएपछि डेढ वर्ष जेल परेका उनलाई आजीवन सार्वजनिक पदमा चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो। वामपन्थी नेता लुला सन् २०१९ मा १८ महिना कैदपछि रिहा भएका थिए।