November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको मौसम पूर्वानुमानः पहाडी भूभागमा आंशिक बदली हुने, क्षणिक वर्षाको सम्भावना

२०७७ फाल्गुन २५

4.4K

काठमाडौं–देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले पहाडी भूभागमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको विभागको भनाइ छ।

दिउँसो भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाको दाबी छ।

अपरान्हपश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावनासमेत रहेको छ।

Advertisement

त्यसैगरी,राति भने देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भूभागको केही स्थानमा मेघ गर्जन र चट्टयाङ सहित क्षणिक वर्षाको सम्भावनासमेत रहेको छ।