November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोलकातामा रेलवे कार्यालय रहेको भवनमा आगलागी हुदाँ सातको मृत्यु

२०७७ फाल्गुन २५

3.7K

काठमाडौं–भारतको कोलकातास्थित भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। उक्त भवनमा रेलवेको कार्यालय रहेको बताइएको छ। स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा राति भएको भीषण आगलागीमा परी कम्तिमा ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने उनीहरुको भनाइ छ। हालसम्म आगलागीको कारण भने थाहा हुन सकेको छैन।

मृतकमध्ये चार फायर ब्रिगेड र एक आरपीएफ जवान छन्। त्यसैगरी, कोलकाता पुलिसका एक एएसआई र लिफ्ट म्यान पनि रहेको बताएको छ।

Advertisement

आगलागीमा परेर केही व्यक्ति घाइते भएको समेत समाचारमा उल्लेख छ।  आगो नियन्त्रणमा लिन १५ वटा दमकलको प्रयोग भएको थियो।