November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इक्वेटोरियल गिनीको सैन्य अड्डामा डाइनामाइट विस्फोट हुदाँ कम्तीमा १७ जनाको मृत्यु

२०७७ फाल्गुन २४

3.5K

काठमाडाैं– अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा रहेको एक सैन्य अड्डामा शृंखलाबद्ध डाइनामाइट विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार, देशको मुख्य सहर बाटामा रहेको सैनिक ब्यारेक नजिकै भएका विस्फोटमा परि अन्य ५०० जना घाइते भएका छन्।

घटना आइतबार साँझ भएको हो। बन्दरगाह शहरको सैन्य अड्डामा विस्फोट भएपछि धुवाँको मुस्लाे उडेको भिडियोहरू सार्वजनिक भएका छन्। सामाजिक सञ्जालमा आएका तस्वीरमा धुवाँको बाक्लो मुस्लो अनि व्यापक क्षतिका दृश्यहरू देखिन्छ।

Advertisement