November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पश्चिमी वायुको प्रभावले क्षणिक वर्षा हुन सक्ने आजको मौसम पूर्वानुमान

२०७७ फाल्गुन २४

3.5K

काठमाडौं–हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।आज दिनभर सुदुरपश्चिम प्रदेशसहित देशका पश्चिमी पहाडी भूभागमा बदली रहने तथा अन्य पहाडी भूभागको मौसम सफा रहेको महाशाखाको दाबी छ।

दिउँसो देशको केही पहाडी भूभागमा सामान्य बदली रही सामान्य वार्षको सम्भावनासमेत रहेको बताइएको छ।

केही स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षा तथा देशको केही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ।

Advertisement

राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाको दाबी छ।