एजेन्सी –स्वीट्जरल्याण्डमा सार्वजनिक स्थानमा बुर्का र निकाबजस्ता अनुहार छोप्ने लुगा लगाउन नपाइने भएको छ।स्वीट्जरल्याण्डमा आइतबार भएको जनमत संग्रहले बुर्कासहितमा यस्ता कपडामा प्रतिबन्ध लगाउने पक्षमा फैसला गरेको हो।
प्रतिबन्ध लगायने पक्षमा ५१.२ र विपक्षमा ४८.८ प्रतिशत मत खसेको थियो। दक्षिणपन्थी स्वीड पिपुल्स पार्टी (एसभिपी)ले बुर्का, निकाबजस्ता अनुहार छोप्ने लुगामा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको थियो। यस्ता गतिविधिले अतिवादलाई बढावा दिने सो पार्टीको दाबी छ।
मुस्लिम महिलाले लगाउने बुर्का वा निकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक स्थान प्रतिबन्ध गर्ने पक्षमा सामान्य बहुमत आएको हो। स्वीट्जरल्याण्डको प्रमुख इस्लामिक समूहले भने मुस्लमि समुदायका लागि जनमतसंग्रह कालो दिनका रुपमा रहने प्रतिक्रिया दिएको छ।