November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माधव–प्रचण्ड पक्षको स्थायी कमिटी बैठक बस्दै

२०७७ फाल्गुन २४

3.9K

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहले स्थायी कमिटी बैठक बोलाएको छ। सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सर्वोच्चको हिजोको फैसलापछिको परिस्थतिबारे छलफल हुने बताइएको छ। सर्वोच्चले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्रबचि भएको एकता बदर गरिदिएको छ।

आजको बैठकले अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए। प्रचण्ड–नेपाल समूहले फैसलापछिको अवस्थाबारे हिजै कानुन व्यवसायीसँग छलफल गरेको थियो।
 

Advertisement