November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चिलिमे विद्युत् केन्द्रको उत्पादन बन्द

२०७७ फाल्गुन २३

2K

काठमाडौं–उपकरण परिवर्तन गर्ने काम सुरु भएकाले चिलिमे विद्युत् केन्द्रको उत्पादन बन्द भएको छ। बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादनसम्बन्धी नयाँ उपकरण परिवर्तनका लागि  विद्युत् उत्पादन बन्द गरिएको हो।

केन्द्रका प्रमुख मनिष विष्टका अनुसार प्रयोग भइराखेको उपकरण परिवर्तन गराउन द्रुतरूपमा काम अगाडि बढिरहेको छ। चार÷पाँच दिनभित्रै जडान सम्पन्न गरी पुनः यथावतरूपमा विद्युत् उत्पादन गरिने उनले बताए। 

विसं २०६० भदौ ८ गतेबाट उत्पादन सुरु भएको २२ मेगावाट उत्पादन क्षमताको विद्युतगृहमा जडित उपकरण निकै पुरानो भएकाले पुराना हटाई नयाँ उपकरण जडान गर्न थालिएको केन्द्र प्रमुख विष्टले जानकारी दिए।

Advertisement

२ दुई अर्ब ६४ करोड रुपैयाँको लागतमा निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाको दुई हजार ८२६ मिटर हेडरेस सुरूङ रहेको छ।