November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दोस्रो चरणको खोप अभियान आजबाट सुरु, ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइने

२०७७ फाल्गुन २३

5.7K

काठमाडाैं–कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदै छ। यो चरणको अभियानअन्तर्गत ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ।

यो चरणमा १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरी ४२ लाखलाई खोप लगाइने मन्त्रालयले बताएको छ।

Advertisement

मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ।