November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इटालीद्धारा अष्ट्रेलिया कोरोनाविरुद्धको खोप निर्यातमा रोक

२०७७ फाल्गुन २१

2.4K

काठमाडौं – युरोपेली संघ ईयु अन्तर्गतका देशहरुलाई नपुगेसम्म निर्यातमा रोक लगाउने रणनीतिअनुसार इटली सरकारले कोरोनाविरुद्धको खोप अस्ट्रेलिया निर्यातमा रोक लगाएको छ । 

इटलीमा उत्पादन भइरहेको अक्सफोर्ड एस्ट्राजेनेकाको २ लाख ५० हजार डोज खोप इटली सरकारले अस्ट्रेलिया लैजान रोकेको हो। ईयुको नयाँ नियमअनुसार यसअन्तर्गतका देशलाई पर्याप्त रुपमा उपलब्ध नभएसम्म निर्यात गर्न पाईँदैन।

यही प्रावधानको प्रयोग गर्दै निर्यातमा रोक लगाउने इटली पहिलो युरोपेली देश बनेको छ। गत वर्षको जुन महिनामा स्थापित भएको ईयु खोप योजनाअन्तर्गत ईयुले नै सदस्य राष्ट्रहरुका तर्फबाट एकमुष्ट खोप खरिद गर्ने सम्झौता गरेको थियो। ईयुका सदस्य राष्ट्रका लागि यो वर्षको पहिलो तीन महिनाभित्र ४० प्रतिशत खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको एस्ट्राजेनेकाको इटलीस्थित कम्पनीले प्राविधिक कारण भन्दै पर्याप्तमात्रामा खोप उत्पादन गर्न सकेको छैन। 

Advertisement

अधिकांश देशमा प्रयोगको अनुमति पाएको एस्ट्राजेनेकाले अस्ट्रेलियालाई इटलीबाटै खोप दिने सम्झौता गरेकामा इटली सरकारले रोकेपछि एस्ट्राजेनेकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने भएको छ। तर आजदेखि नै एस्ट्राजेनेकाको खोप लगाउने तयारीमा रहेको अस्ट्रेलियाको खोप कार्यक्रम भने प्रभावित भएको छ। 

उसले फाइजर एण्ड बायोएनटेकको खोप पनि लगाइरहेको छ। एस्ट्राजेनेकाको खोप भारत, दक्षिण कोरिया, इटलीलगायतबाट उत्पादन भइरहेको छ।