November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रचण्ड – नेपाल पक्षले दियो ओलीलाई कारबाही गरेकोबारे संसद सचिवालयमा जानकारी

२०७७ फाल्गुन २०

6.6K

काठमाडाैं- नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले एवंम प्रधानमन्त्री अर्को समूहका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई विभिन्न जिम्मेवारीबाट हटाएको संसद सचिवालयलाई जानकारी गराएको छ।

संघीय संसद सचिवालय पुगेर उनीहरुले जानकारी गराएका हुन्। संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई कारबाही गरिएकोबारे संघीय संसद् सचिवालय र सभामुखलाई जानकारी गराएको हो। 

प्रधानमन्त्री ओली नेकपा पार्टीको साधारण सदस्य समेत नरहेकाले उनले गरेका कार्यहरुलाई मान्यता नदिन सचिवालयलाई आग्रह गरेको प्रचण्ड-माधव पक्षीय नेता देव गुरुङले बताए ।

Advertisement

बिहीबार गुरुङसहित सुरेन्द्र पाण्डे, पम्फा भुसाललगायत नेताहरू सिंहदरबारस्थित् संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन्। 

संसदीय दलमा भएको परिमार्जनबारे जानकारी दिन दाहाल–नेपाल पक्षका प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ दिउँसो संसद् सचिवालय पुगेका थिए।