November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकामा सडक दुर्घटनामा परी १३ आप्रवासीको मृत्यु

२०७७ फाल्गुन २०

2.6K

काठमाडाैं– अमेरिकामा भएको एक सडक दुर्घटनामा १३ जनाको मृत्यु भएकाे छ। मृतक सबै आप्रवासी रहेकाे जनाइएकाे छ।

अध्यागमन अधिकारीहरूका अनुसार बिहीबार ट्रेलरले ठक्कर दिँदा उनीहरुकाे मृत्यु भएकाे हाे।

दुर्घटनामा मारिएका १३ मध्ये १० जना मेक्सिकन नागरिकको भएकाे वाशिङ्टन पाेस्टले जनाएकाे छ। अन्य ३ जनाकाे भने परिचहान खुल्न सकेकाे छैन।

Advertisement

यी आप्रवासीलाई तस्करहरूले मेक्सिकोको सिमानामा लगाएकाे बारकाे एक भाग काटेर क्यालिफोर्नियामा प्रवेश गराएका थिए।