काठमाडौं–फागुन २३ गतेदेखि सञ्चालन हुने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पहिलो १० दिन ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत उनले आग्रह गरे।
सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो।