November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काेराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिए, ७२ जना निको

२०७७ फाल्गुन १८

3.9K

काठमाडौं, विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ७२ जना निको भएका छन् । सो अवधिमा काेही पनि संक्रमितकाे मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गरेकाे अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २९४ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ५४३ जना निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलव ६ प्रतिशत निको भएका छन् । हाल ९७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल ९७४ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ । 

Advertisement