November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

२०७७ फाल्गुन १८

2.1K

काठमाडौं– नाइजेरियाको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै छात्राहरु मुक्त भएका छन्। जाम्फारा राज्यका गभर्नर डा बेलो मतावाका अनुसार अपहरमा परेका भनिएका २७९ जना रिहा भएका हुन्।

‘अपहरणमा परेका बालिका मुक्त भएको थाहा पाउँदा अन्त्यन्त खुशी लागेको छ। सकुशल फर्किनुमा अल्लाहको आर्शिवाद छ,’ गभर्नर डा मतावाले भने।

उनीहरुलाई सरकारी संरक्षणमा राखिएको छ।

Advertisement

अधिकारीहरुले यसअघि सयौंको संख्यामा आएका बन्धुकधारीहरुले दुर्गम जान्गेबे गाउँमा रहेको एक माध्यमिक विद्यालयबाट ३१७ जना बालिका अपहरण गरेको बताएका थिए। तर पछि यो संख्या २७९ रहेको जानकारी दिइएको थियो।