November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फ्रान्सका पूर्वराष्ट्रपति सार्काेजी भ्रष्टाचार मुद्दामा दोषी ठहर

२०७७ फाल्गुन १८

2K

काठमाडौं–फ्रान्सका पूर्वराष्ट्रपति निकोलन सार्कोजीलाई स्थानीय अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अदालतले उनलाई तीन वर्ष कैद सजाय सुनाएको छ।

सन् २००७  देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका ६६ वर्षीय सार्कोजीलाई सोमबार अदालतले  आफ्नो चुनावी अभियानका लागि डोनेसन लिन र  गोप्य सूचना प्राप्त गर्न अरू दुई जना व्यक्तिसँग मिलेर कानुनको उल्लंघन गरेको ठहर अदालतले गरेको छ। तर, उनले भो आरोप अस्वीकार गर्दै आएका छन्।

अदालतले घोषणा गरेको तीन वर्षमध्ये दुई वर्षको सजाय भने निलम्बन गरिएको छ भने एक वर्ष पनि उनले जेलबाहिर बसेर कटाउन सक्नेछन्। त्यो अवधिमा उनलाई घरमै नजरबन्दमा राख्ने वा शरीरमा इलेक्ट्रिक डिभाइस जोडेर आंशिक हिँडडुल गर्न दिने सुविधा हुन सक्नेछ। 

Advertisement