November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकामा स्वीकृति पायाे जोन्सन एण्ड जोन्सनको काेराेना खोपले

२०७७ फाल्गुन १६

2.2K

काठमाडाैं– औषधि उत्पादन क्षेत्रको ‘जाइन्ट जोन्सन एण्ड जोन्सन’को स्वामित्व रहेको बेल्जियमको कम्पनी ज्यानसेनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले अमेरिकामा स्वीकृति पाएकाे छ।

अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले यो खोपलाई शनिबार सर्वासाधारणको प्रयोगका लागि स्वीकृति दिएको हो। यो खोप एक डोज मात्रै लगाए पुग्ने छ।

गएको जनवरीमा यो खोपकाे परीक्षण गरिएको थियो। खोपको प्रभावकारिता परीक्षणमा ६६ प्रतिशत देखिएको कम्पनीकाे दावी छ।

Advertisement

योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाएका छन्।

यसअघि फाइजर र मोदेर्नाको खोपले अमेरिकामा स्वीकृति पाएका थिए। अहिले यी खोप सर्वसाधारणलाई लगाउने क्रम जारी छ। तर फाइजर र मोदेर्नाको खोप दुई डोज लगाउनु पर्छ।