काठमाडाैं– पछिल्लो २४ घन्टामा देशभर थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार थपिएका १ सय १२ सहित मुलुकभर कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ।
यस्तै हालसम्म काेराेना भाइरसमुक्त हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको छ।
आज मात्रै थप ५४ जना संक्रमित भाइरसमुक्त भएका थिए।
यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या ९ सय ३६ रहेको मन्त्रालयले जनाएको छ।
आज थप ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ।
यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ।