November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मुकेश अंबानीको घर नजिक भेटियो विस्फोटक पदार्थ भएको कार

२०७७ फाल्गुन १४

4.3K

काठमाडाैं– भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थले भरिएको कार फेला परेको छ।

मुकेश अम्बानीको घर एन्टिलियामा उक्त स्कोर्पियो कार भेटिएको हो। प्रहरीका अनुसार स्कोर्पियोभित्र ‘मुम्बई इन्डियन्स’को ब्याग राखिएको थियो। उक्त क्रिकेट टीमका मालिक मुकेश अम्बानी हुन्। 

उक्त कारमा एक चिट्ठी पनि भेटिएको छ।

‘यो त ट्रेलर मात्र हो। नीता भाउजू, मुकेश दाजु, यो त झलक मात्र हो। अर्कोपालि सामान भरिएर तपाईं कहाँँ आउनेछ र त्यसको व्यवस्था भइसकेको छ। सम्हालेर रहनू। गूड नाइट,’ उक्त चिट्ठीमा लेखिएको छ।

Advertisement

उक्त चिट्ठी फेला परेपछि अम्बानीको घर बाहिर सुरक्षा व्यस्था कडा पारिएको छ। अहिले मुम्बई क्राइम ब्रान्चको १० टीमले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।