काठमाडौं–एकै डोज लगाए पुग्ने कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन कम्पनीले बनाएको भ्याक्सिनले प्रयोगका लागि मापदण्ड पूरा गरेको बताइएकाे छ। अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडिएले यसको जानकारी सार्वजनिक गरेको हो।
बुधबार सार्वजनिक गरेको रिभ्युअनुसार यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको पाइएको छ। अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्नसमेत यो भ्याक्सिन प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ।
यसै साताको अन्तिमसम्म अमेरिकामा यो भ्याक्सिन प्रयोगका लागि अनुमति लिने तयारी गरिएको छ। अनुमति पाएमा अमेरिकामा प्रयोगमा आउने यो तेस्रो भ्याक्सिन हुनेछ ।