काठमाडौं – पहिलो चरणको कोभिडविरुद्धको खोप अन्तर्गत ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका छन्। सरकारले पहिलो चरणमा ५ लाख ७ हजार ६ सय ६ जनालाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
देशभर २ सय २२ वटा खोप केन्द्रबाट खोप लगाइएको थियो। तीमध्ये ८५ दशमलव ६५ प्रतिशतले खोप लगाएको विभागले जनाएकाे छ। पहिलो प्राथमिकताको पहिलो चरणमा ८४.८ प्रतिशतले खोप लगाएका थिए।
पहिलो चरणमा १ लाख ८५ हजार ८ सय ६५ ले खोप लगाएका थिए। दोस्रो चरणको खोप माघ २६ गतेदेखि ३ हजार ४ सय ८० जनाले खोप लगाए।