November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रहरीको लागि १६ अर्ब रुपैयाँ र १५ सय गाडीमाग

२०७७ फाल्गुन १०

2.5K

काठमाडौँ – चुनावी सुरक्षा निम्ति गृह मन्त्रालयले १६ अर्ब रुपैयाँको हाराहारीमा बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । म्यादी प्रहरी, सुरक्षा गाडी, सञ्चार सेट लगायतमा खर्च गर्ने योजनासहित उक्त रकम मागेको हो ।गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चुनावका निम्ति १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ती गर्ने योजना छ । जसका निम्ति ६ अर्ब रुपैयाँ खर्च रुपैयाँ अनुमानित लागत पेश गरेको छ ।बजेट व्यवस्थापन भए चाडै म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने तयारी रहेको छ।

अघिल्लो पटक चुनाव हुँदा ९८ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । उनीरुलाई दुई महिना जति चुनावी सुरक्षामा खटाइनुपर्ने हुन्‍छ ।सबभन्दा बढी रकम चाहिँ सुरक्षा गाडी खरिद निम्ति प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १५ सय गाडी प्रस्ताव गरेका छन् । त्यसमा नेपाल प्रहरीले ११ सय र सशस्त्रबाट ४ सय वटा मागिएको छ । यद्यपि गृहमन्त्रालयले चुनावी प्रयोजन निम्ति विदेशी दाताले गाडी सहयोग उपलब्ध गराइदिन्‍छन् कि आशा राखेको छ ।

‘दातासँग गाडी सहयोग माग्‍ने योजना छ’ ती अधिकारीले भने, ‘तर, यो चुनावप्रति दाताहरु त्यति उत्सुक देखिएका छैनन् । त्यसो हुँदा अनुदानमा गाडी प्राप्त हुने छाँटकाँट कम छ । सहयोग प्राप्त भएन भने हाम्रै बजेट खर्च गर्नुपर्ने हुन्‍छ ।’ दाताले गाडी सहयोग गरेनन् भने सुरक्षा खर्च बढी नै हुन्‍छ । दाताबाटै गाडी सहयोग प्राप्त भएको खण्डमा सजिलो हुने भनाइ मन्त्रालयको छ ।

Advertisement