November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

डा.बाबुराम भट्टराई उपचारका लागि आज दिल्ली जाँदै

3.2K

काठमाडौ । केही दिनदेखि बिरामी भएका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई आज नेपाल वायुसेवा निगमको जहाजबाट भारतको.दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौँको निदान अस्पतालमा भर्ना भएका थिए ।

परीक्षणका क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुनेछ ।

Advertisement

उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ दिल्लीमा रहेको नेपाली दुतावासमा हुनेछ । भट्टराईसँगै पत्नी हिसिला र उनका प्रेस संयोजक विश्वदीप पाण्डेय पनि दिल्ली जाँदैछन् ।