November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोनाविरुद्धको खोपः १० लाख डोज कोभिसिल्ड खोप आज काठमाडौं आइपुग्दै

3.2K

काठमाडौं । भारतसँग खरिद गरिएको कोरोना भाइरसविरुद्धको २० लाखमध्ये १० लाख डोज आज दिउँसो काठमाडौं आइपुग्दैछ ।

सिरम इन्ष्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप आज एयर ईन्डियाको दिल्ली–काठमाडौंको साढे एक बजेको उडानबाट आउन लागेको हो । उक्त खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने भएको छ ।

फागुन २३ गतेदेखि संचालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

सम्झौता बमोजिम बाँकी खोप उत्पादकसँगको आपसी सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ती तालिका अनुसार चाँडै आइपुग्ने विज्ञप्तिमा उल्लेख छ ।