November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सूचीकृत संस्थाको ५ वर्षे वित्तीय विवरण सार्वजनिक गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन

3.3K

काठमाडौं- धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई सबै सूचीकृत संस्थाहरुको ५ वर्षे वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। नेप्सेमा सूचीकृत कम्पनीका वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदनसहितका विवरणहरु सार्वजनिक गर्ने तथा कम्तीमा ५ वर्षसम्म सर्वसाधारणले देख्नेगरी वेबसाइटमा राख्न बोर्डले निर्देशन दिएको हो।

‘नेप्सेमा सूचीकृत कम्पनीहरुको कम्तीमा पछिल्लो ५ वर्षको प्रमुख वित्तीय परिसूचकहरु : संस्थाको पूँजी, वार्षिक आम्दानी, खर्च, जगेडा कोष, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थ र लाभांश लगायत महत्वपूर्ण विवरणहरुको चार्टहरुको प्रोफाइल तयार पारी सार्वजनिक गर्नुपर्नेछ,’ बोर्डले नेप्सेलाई दिएको निर्देशनमा भनिएको छ।

नेप्सेले अहिले धितोपत्र बजार मूल्यमा असर पार्न सक्ने खालका घटना वा जानकारी सम्बन्धी विवरणहरु मात्रै आफ्नो वेबसाइटमा राख्ने गरेको छ। धितोपत्रमा लगानी गर्नका लागि सूचना अति आवश्यक हुने भएकाले सूचीकृत कम्पनीले बुझाएको विवरण तथा प्रतिवेदनहरु विश्लेषण गरी सार्वजनिक गर्नु नेप्सेको कर्तव्य हुन जाने पनि बोर्डको निर्देशनमा भनिएको छ।

Advertisement