November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

3.2K

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

बुधबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ८९ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यसतै,चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले घटेको छ। बुधबार १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १३ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement