काठमाडौं- अस्पतालको बहिरंग (ओपिडी) शुल्क वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो।
बैठकले आजैको मितिदेखि लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्। अफिन र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको जनाएका छन्।
शुल्क बढेको विषयमा जानकारी दिन दुवै संस्थाले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको मुद्रास्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको उल्लेख छ।
नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन्। एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन्।
यस्तै, एमडी/एमएस र एमडिएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन्। डि