काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंकमा कायम भएको छ। सोमबार उच्च अंकले बढेको परिसूचकको उकालो यात्रा मंगलबार पनि कायम देखिएको हो।
मंगलबार २०८ वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार कित्ता सेयर ७६ हजार ४९३ पटक खदिबिक्री हुँदा १० अर्ब ३ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकिङ, विकास बैंक र अन्य समूहको उपसूचक मात्रै हरियो देखिएको छ। यी समूहको उपसूचक क्रमशः ३८.४१, ६.४७ र ५.५४ अंकले बढेको छ।
सबैभन्दा बढी उत्पादन समूहको उपसूचक १११.०४ अंकले घटेको छ। त्यस्तै व्यापार समूह ३७.९५, होटल समूह १३.०२, जलविद्युत २६.९८, वित्त ९.३९, निर्जीबन बिमा ३७.८७, लघुवित्त २४.८१ र जीवन बीमा ५४.११ अंकले घटेको छ।
नविल बैंक लिमिटेडको सबैभन्दा धेरै ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै ९ लाख १९ हजार ७११ कित्ता सेयर खरिदबिक्री भएको छ।
त्यस्तै, सबैभन्दा धेरै चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६.१५ प्रतिशतका दरले गुमाएका छन्।