November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि संघसंस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

शारदा भुजेल
२०७९ चैत्र १३

4K

दोहा । नेपाली राजदूतावास कतार र मानवसेवा आश्रम कतार समन्वय समितिको संयूक्त आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम आइतबार दूतावासको सभाहलमा सप्पन्न भएको छ। नियोग प्रमुख महामहिम राजदूत डा.नरेश विक्रम ढकालको सभापतित्वमा सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावक विहिन, शारीरिक तथा मानसिक रूपमा कमजोर) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण र कार्यान्वयनका लागि कतारवासी नेपाली र संघ-संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम -२०२३ सम्पन्न भएको हो।

मानव सेवा आश्रमका परिकल्पनाकार एवं मानव सेवा आश्रम नेपालका संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष आतिथ्यता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति ढकालले कतारमा भएका विभिन्न संघसंस्थाले हप्तै पिछे गर्ने कार्यक्रमहरुको खर्च कम गरेर सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न सहयोग गर्न कतारवासी सम्पूर्ण नेपालीलाई अनुरोध गरे ।

विशेष अतिथि अधिकारीले कार्यक्रमको संचालन गरेको संक्षिप्त प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावक विहिन, शारीरिक तथा मानसिक रूपमा कमजोर कोही पनि नेपालीहरुलाई सडकमा देख्नु नपरोस बेवारिसे भएर सडकको बास नहोस् भनेर अबको दुई बर्ष भित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने बताए।

Advertisement

साथै कार्यक्रममा सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल अभियानका लागि शोभाराम ओली, बिमल सुवेदी,नन्दलाल बिक,भानु भक्त दाहाल,अर्जुन संग्रौला, राजाराम शाही, कृष्ण पन्थी, पूर्ण पोखरीया, वुद्ध पाण्डे, सुजन धिताल, छविलाल भट्टराई, रोशन वि.सी, तेज कटुवाल, सुस्मिता कटुवाल,कल्यान थापा,रघुनाथ शर्मा, नन्द लाल बिक, प्रभात त्रिपाठी र सरस्वती त्रिपाठीले कतारबाटै यो महाअभियानमा सहभागिता जनाएका छन्।

कतारबाटै यो महाअभियानमा सहभागिता जनाउन एक आमाबुबाको छोरी छोरी बन्न मासिक ५ हजार, एक बाबुनानीको अभिभावक बन्न मासिक ५ हजार साथै कुनै एक जिल्ला आश्रमको आजिवन वार्षिक भोजन सेवा सदस्य बन्न १ लाख ११ हजार १ सय एघार योगदान गर्नु पर्नेछ।

यसैबीच कतारमा परोपकारीमन हरुलाई एक सुत्रमा बाध्न औपचारिक रूपमा मानवसेवा आश्रम कतार समन्वय समिति एक गठन गरिएको छ। जसको संयोजकमा रामजि खत्री,
सह-संयोजक छविलाल भट्टराई,राजाराम शाही,महासचिव संन्धा अर्याल,सचीव कमल अर्याल,कोषाध्यक्ष सुदर्शन भण्डारी,सह-कोषाध्यक्ष गोपाल खतिवडा चयन भएका छन्।

यस्तै, सदस्यहरुमा साबित्रा शर्मा,भोज बहादुर साउद,बृन्दा अधिकारी,जिबस यादव,रेस्मी बिस्वकर्मा,साथै सल्लाहकारमा बिमल सुवेदी,बुद्धि प्रसाद भण्डारी,राकेश श्रेष्ठ,तेज कटुवाल, प्रेमराज रिजाल,क्रान्ति सिंह,सरिता भण्डारी पौडेल,धनराज गुरुङ रहेका छन।
यसैबीच कोशी प्रदेश संम्योजक भोला बस्नेत मदेश प्रदेश संयोजकमा नियाज शेख,लुम्बिनी प्रदेश संयोजकमा समुन्द्र खडका,बागमती प्रदेश संयोजकमा माया खडका छेत्री,गण्डकी प्रदेश संयोजकमा सन्तोष पौडेल ,कर्णाली प्रदेश संयोजकमा दुर्गा बहादुर बिक,सुदुर पश्चिम् संयोजकमा परमानन्द भाट रहेका छन् ।