दोहा । गोरखा सेवा समाज कतारको बाह्रौं साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले ओमराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा बिमल न्यौपाने, प्रथम उपाध्यक्षमा विकास श्रेष्ठ र द्वितीय उपाध्यक्षमा सुजन धिताल चयन भएका छन् भने महासचिवमा अर्जुन सङग्रौला चयन भएका छन्।
त्यस्तै सचिवमा रुद्र भट्ट, कोषाध्यक्षमा राजेन्द्र पराजुली चयन भए भने सदस्यहरुमा दिनेश थापा, चित्र बहादुर थापा, इन्द्र बहादुर नेपाली रहेका छन् ।
समाजका निवर्तमान अध्यक्ष रामजी खत्रीको अध्यक्षता तथा गोरखा ग्लोबल समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता तथा मानव सेवा आश्रमका परिकल्पनाकार एवं मानव सेवा आश्रम नेपालका संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘आमा’ सेमिनार साथमा व्यक्तित्व र नेतृत्व विकाश कार्यक्रम पनि सम्पन्न भएको छ।
‘तनमन बचन र कर्मले सेवा गरौ’ भन्ने सोचका साथ २००३ मा स्थापित गोरखा सेवा समाज कतारले ‘आमा’ सेमिनार साथमा व्यक्तित्व र नेतृत्व विकाश कार्यक्रम सम्पन्न गरेको हो।

प्रमुख प्रशिक्षक एवम् मानव सेवा आश्रम नेपालका संस्थापक अध्यक्ष रामजी अधिकारीको सहजीकरणमा कार्यक्रम सप्पन्न भएको हो।
‘तनमन, वचन र कर्मले सेवा गरौ’ भन्ने मुल नारालाई सावित गर्दै संस्थाले बाह्रौं साधारण सभाको अवसरमा गोरखा शाखामा निर्माण हुँदै गरेको मानव सेवा आश्रम भवन निर्माणको लागि ५ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ।
कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्ने प्राय: सबै वक्ताहरुले गोरखा सेवा समाज कतारले गरेको सामाजिक कार्यको खुलेर प्रसंशा गरेका थिए।
उनीहरुले समाजले गरेको गतिविधिहरुको कतारमा भएका अरु संघसंस्थाले सिक्नुपर्ने बताए।
कार्यक्रममा समाजको विभिन्न गतिविधिहरुमा सहयोग गर्नेलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमको संचालन महासचिव विकाश श्रेष्ठ
स्वागत मन्तव्य वरिस्ठ उपाध्यक्ष ओमराज गुरुङले गरेका थिए।