November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालसहित ५५ भन्दा बढी देशको सहभागितामा कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी-२०२३ सुरु

शारदा भुजेल
२०७९ चैत्र २

4.7K

दोहा । नेपालसहित ५५ भन्दा बढी देशको सहभागितामा दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ आजबाट सुरु भएको छ । कतार नगरपालिकाका मन्त्री डाक्टर अब्दुल्लाह बिनअब्दुलअजिज बिन तुर्की अल लगायतले प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

यसैबीच नेपाली कृषि प्रदर्शनीको भने नेपाली राजदुतावास कतारका महामहिम डा. नरेश बिक्रम ढकालले उद्घाटन गरेका छन् । नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार, निर्यात व्यवसायी महासंघ, नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रहेको प्रदर्शनीको उद्घाटन गर्दै ढकालले व्यवसायीहरुको व्यक्तिगत रुपमा देखिने भएता पनि समग्रमा नेपालको आर्थिक समृद्धिको प्रतिनिधित्व गरेको बताए ।

महामहिम ढकालले प्रदर्शनीमा सहभागि हुन आएका नेपालीहरुलाई दुतावासले गर्नुपर्ने कुनै पनि सहयोग भएमा खुलेर भन्नसमेत आग्रह गरेका थिए । उनले कतारमा आएर पनि आफ्नो उत्पादनलाई प्रदर्शनीमा राख्नु नै भोलिको ब्यापार मौलाउनु रहेको बताउदै नेपाली आर्गनिक बस्तुहरु कतारको बजारमा सुपथ मूल्यमा ल्याउन सकिए नेपाली उत्पादित बस्तुहरुको बजारको अभाव नरहने बताए ।

Advertisement

कृषि प्रदर्शनीको क्रममा सामुहिक तस्वीर खिचाउँदै सहभागिहरू

कृषि प्रदर्शनीमा निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष गोविन्द घिमीरेले प्रदर्शनीले नेपाली बस्तुलाई कतारको बजारमा राम्रोसँग पु¥याउन सकिए आर्थिक समृद्धिका साथमा दुई देशबीचको सम्बन्ध पनि समधुर रहनेमा जोड दिए ।

प्रदर्शनीबाट पारस्परिक तथा व्यापारिक सम्बन्ध विस्तार गरि नेपालका मौलिक तथा विशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने बताउदै नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले आउने दिनहरुमा नेपाली उत्पादनलाई कतारको बजारमा सहज रुपमा पाउने बतावरण बनाउन छलफल गरिरहेको बताए ।

नेपाली व्यवसायी तथा भिजिर्टसहरुको बाक्लो उपस्तिथि रहेको कार्यक्रमलाई व्यवसायी संघका महासचिव रमेश भट्टले सहजिकरण गरेका थिए ।

कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको १० औं कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालमा उत्पादित नेपालि चिया, जडीबुटी हर्वल, अलैची, अदुवा, डेरीका उत्पादित वस्तुहरु राखिएका छन् ।

आजदेखि १९ मार्चसम्म चल्नेछ प्रदशनीमा ६७५ भन्दा बढी कम्पनीहरू र कतार बाहिरका ५२३ कम्पनीहरूको सहभागिता रहेको छ ।