November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा खजुर वितरण

4.2K

शारदा भुजेल

दोहा । नेपाली जनप्रगतिशिल मञ्च कतार र रेड क्रिसियन्टको सहकार्यमा खजुर वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कतारमा रहेर नेपाली समाजका लागि केही गरौं भन्ने भावनासहित स्थापित संस्थाले सम्पूर्ण नेपालीहरुप्रति आत्मीयता प्रदान गर्दै आएको छ ।

यसै क्रममा गत शुक्रबार नेपाली संघसंस्था दाजुभाई दिदिबहिनीहरु एकअर्काप्रति आत्मियता भाईचारा सम्बन्ध प्रगाढ बनाउने उदेश्य बोकेर खजुर बितरण गरिएको संस्थाका अध्यक्ष बुद्धिप्रसाद भन्डारीले बताए ।

Advertisement

कतारमा स्थापित विभिन्न बैचारिक, प्रदेश समन्वय परिषदहरु, जिल्ला संघ–संस्थाहरु, जातीय संघ–संस्थाहरु, महिला समाजका अभियन्ताहरु लगायत अन्य सामाजिक संघ–संस्थाका पदाधिकारी लगायत व्यक्तिहरुलाई खजुर वितरण गरिएको हो ।

उक्त खजुर वितरण कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धिप्रसाद भन्डारी, संगठनका प्रमुख सल्लाहकार व्यवसायी रमेश भट्ट, पश्चिम एसिया सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, राष्ट्रिय समितिका सल्लाहकारहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको अध्यक्ष भण्डारीले जानकारी गराएका हुन् ।