April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

एएफसी छनौटका लागि भएको मैत्रीपूर्ण खेल नेपालले बराबरी गर्यो

2.9K

शारदा भुजेल ।

दोहा । ए. एफ. सी. एसियन कप छनौटका लागि प्रशिक्षण गर्न कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले श्रीलंकासंग अनौपचारिक मैत्रीपूर्ण खेलमा पनि बराबरी खेलेको छ । मे ३१ तारिख मंगलबारको दिन दोहास्थित ग्राण्ड हमाद स्टेडियम भएको खेलमा श्रीलंकासंग १–१ को बराबरी गरेको छ।

नेपालले पहिलो हाफमा १ गोलको अग्रता लिएको भए पनि बाँकी अवधिभर थप गोल भने गर्न सकेन।

Advertisement

खेलको ३८ औं म नवयुग श्रेष्ठले गोल गरेका थिए । तर श्रीलंका ले गोल गरे पछि नवयुगको गोल जितको आधार हुन सकेन।

नेपालले यसअघि टिमोर लेस्टेसंग दुई दुईको बराबरी खेलेको थियो । त्यस्तै नेपालले शुक्रबार ओमानसंग पनि खेल्दैछ ।

यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । एएफसी एसियन कप छनौटतर्फ समूह ‘ए’ मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।