November 6, 2024, Wednesday
२०८१ कार्तिक २१
1:37:26 pm

कतारमा ‘चौथो गैरआवासीय नेपाली तारा २०२३’ हुने

2.6K

दोहा । कतारमा ‘चौथो गैरआवासीय नेपाली तारा २०२३’ हुने भएको छ । गैरआवासीय नेपाली संघ कतार र तमु गुरुङ समाज कतारको संयुक्त आयोजनामा ‘चौथो गैर आवासीय नेपाली तारा २०२’ हुने भएको हो ।

‘नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने मुल उधेश्यका साथ महाबिर पुन द्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ हुने कार्यक्रममा गायन तथा नृत्य प्रतियोगिता हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

पहिलो अडिशन नोभेम्बर २४ बाट सुरु हुने कार्यक्रममा ‘चौथो गैरआवासीय नेपाली तारा २०२३’ को बिजेताले ५ हजार रियल पुरस्कर पाउनेछन् । त्यसैगरी उपबिजेताले ४ हजार २ सय रियल र दोस्रो हुने गायन र नृत्य दुबै विधाको प्रतियोगीलाई ७५÷७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Advertisement

उत्कृष्ट गायन र उत्कृष्ट नृत्यबाट ‘चौथो गैरआवासीय नेपाली तारा २०२३’ घोषणा गरिने कार्यक्रमको पहिलो अडिशनबाट गायन र नृत्यबाट ४०,४० जना उत्कृष्ट प्रतियोगिहरुको छनोट गरिनेछ ।

कतारमा लुकेर रहेका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसरको रुपमा रहेको कार्यक्रमको ८ डिसेम्बरमा दोस्रो र २२ डिसेम्बरमा तेस्रो अडिशन हुनेछ ।

नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका कलाकारहरु माँझ हुने कार्यक्रमको ग्राण्ड फिनाले २०२४ को फेब्रुअरी २ तारीखमा हुनेछ ।