July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

एनआरएनए कतारद्धारा राजदुतावासका द्धितीय सचीव प्रवीण भट्टराईको स-सम्मान बिदाइ

2.5K

-शारदा भुजेल

दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली राजदुतावास कतारका द्धितीय सचीव प्रवीण भट्टराईलाई सम्मानसहित बिदाइ गरेको छ । आफ्नो चार बर्षको कार्यकाल सकेर नेपाल फर्कन लागेका भट्टराईलाई दूतावासमा रहँदा नेपाली समाजमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेको हो ।

सम्मान ग्रहण गर्दे द्धितीय सचीव प्रवीण भट्टराईले दूतावासबाट सेवा प्रवाह गर्ने क्रममा कानुनी रुपमा भएका जटिलतालाई सहज बनाउने कोसिस गरेको बताए । पासपोर्ट सहज रुपमा उपलब्ध गराउने कतारस्थित दूतावासको पहिलो प्राथमिकता रहेको भन्दै भट्टराईले यसको लागि आफुले इमानदारपूर्वक सकेको प्रयास गरेको बताए ।

Advertisement

अन्य देश भन्दा गल्फ बिशेष रहेको उल्लेख गर्दैउनले एनसीसी कतारले कतारमा रहेका स्थापित संघ/सस्थाको नेतृत्व गर्दै उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे । साथै उनले परराष्ट्रमा सेवा गर्ने क्रममा थुप्रै देशमा रहदा परिवारसँगै रहेपनी कतारमा रहँदा आफूले परिवारबाट अलग रहेर कसरी बस्ने भन्ने कुरा सिकेको बताए ।

भट्टराईले एनआरएनमा देखिएको विवादतर्फ इन्कित गर्दै समान उदेश्य भएका सस्था एक भएर अगाडि बस्नुनै उत्तम रहेको सुझाव दिए ।

कार्यक्रममा एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले द्धितीय सचिव भट्टराईले कोभिडको कठिन समयमा राहत सामाग्री बितरणदेखि रेस्कु फलाईटलाई सहज बनाउन देखाएको सक्रियता उच्च प्रशंसनीय रहेको बताए । मुसलमानले भट्टराईले दूतावासमा रहेर एनआरएनए लगायत कतारमा स्थापित सम्पूर्ण सामाजिक सस्थालाई अमूल्य सल्लाह सुझाव प्रदान गरेको भन्दै उनलाई कतारस्थित नेपाली समुदायले सदैव सम्झने बताए ।

कार्यक्रममा आइसीसी सह–कोषाध्यक्ष होमनाथ शर्मा, मध्यपूर्व सह–संयोजक केवि हमाल, आईसीसी सदस्य नरेश श्रेष्ठ, तेज कटुवाल र एनसीसी कतारका सल्लाहकार मनिष यादवले द्धितीय सचिव भट्टराई दूतावासमा रहँदा दूतावासमा निश्चित ब्यक्तिको पहुँच हुने परम्परा तोड्दै सबैको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष जैवि चाम्लिङ राईले र सन्चालन महासचिव पदम गिरिले गरेका थिए ।