April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

ओलीले प्रतिनिधिसभाको होइन, संविधानकै विघटन गरे : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेको बताएका छन् ।

संविधानमा प्रतिनिधिसभा विघटनको प्रावधान नै नभएको भन्दै प्रचण्डले प्राप्त उपलव्धीको हत्या गर्ने काम ओलीले गरेको आरोप लगाए । अनेमसंघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने बताए ।

नायक होइन, खलनायकले संविधानको हत्या गर्ने कोशिस गरेकाले सम्पूर्ण नेपालीहरु एकजुट भएर बचाउनका लागि लाग्नुपर्ने बताए ।